नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली प्रमाणपत्र पेश गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भारतीय एक संस्थाबाट जारी भएको भनिएको आईएसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मेडिकल कलेज सञ्चालक रहेका उनले सोही प्रमाणपत्रका आधारमा एमबीबीएस अध्ययन गरेका थिए । सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।