कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

Yangle News
Yangle News
२०७९ फाल्गुन १३ गते
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिनअघि खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको त्यहाँ रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका नेता  भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप लगायत सामान्य अवस्थामा रहेको बताइएको छ । केहिदिन अघि सल्यक्रिया गराएका भण्डारीलाई हिजोबाट ठोस खाना दिइएको छ । अहिले उनी राम्रोसँग बोल्ने र खाना खान सक्ने अवस्थामा रहेको आफन्त मीनप्रसाद भण्डारीले  बताएका छन् । उनलाई भेटघाट गर्न भने अस्पताल प्रशासनले दिएको छैन् ।

गत फागुन ३ गते राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

412 views