एक सय जनालाई +2 पढ्न एनसेलको छात्रवृत्ति

Yangle News
Yangle News
२०८३ जेष्ठ ५ गते
एक सय जनालाई +2 पढ्न एनसेलको छात्रवृत्ति

 

दूरसञ्चार सेवा प्रदायक एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । एनसेल फाउन्डेसनले प्रदान गर्ने यो छात्रवृत्ति देशभरमा एक सयजनाले कक्षा ११ र १२ अध्ययनकालागि प्राप्त गर्नेछ ।

प्रोजेक्ट शिक्षासँगको सहकार्य” नाम दिएको यो छात्रवृत्ति सातै प्रदेशमा सञ्चाल हुनेछ । लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरिनेछ । छात्रवृत्ति कार्यक्रममा देशभरका सबै विद्यार्थीलाई समान अवसर दिने तथा उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राख्ने एनसेलले जनाएको छ ।

यसका साथै यो छात्रवृत्ति पाउने विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।  सन् २०१७ यता सुरु यस कार्यक्रम अन्तर्गत फाउन्डेसनले गत वर्ष ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।